संचिता, श्वेता र ऋचाले गरे मेकअप स्टुडियोको उद्घाटन

लामो समय देखि नेपाली फिल्म तथा म्युजिक भिडियोमा मेकअप आर्टिस्टको रुपमा आवद्ध हुँदै आएकी मेकअप आर्टिस्ट सिमा गुरुङले लाजिम्पाटमा ‘सिमा द मेकअप स्टुडियो’ संचालनमा ल्याएकी छिन । सिमाको यो मेकअप स्टुडियो शनिबार नेपाली फिल्म क्षेत्रका तीन चर्चित नायिकाबाट उद्घाटन गरियो ।

नायिकाहरु संचिता लुइटेल, स्वेता खड्का र ऋचा शर्माले सिमा द मेक अप स्टुडियोको रिबन तथा केक काटेर उद्घाटन गरेका हुन् । सिमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फत अत्याधुनिक र अन्तर्रा्ष्ट्रियस्तरको महिला पुरूषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप लगायत सबै खाले सेवा उपलब्ध हुने सिमाले बताइन् ।

‘मेकअप स्टुडियोमा मेकअप सम्बन्धी तालिमको पनि व्यवस्था पनि गरिएको छ’ सिमा भन्छिन्, ‘हामीले होम सर्भिस मेकअपको समेत ब्यबस्था गरेका छौं ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha