नेपालका ११ शहरमा ‘बोबी’ कन्सर्ट हुने

मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘बोबी’ले प्रचार-प्रसारका लागि नेपाल टुरको तालिका सार्वजनिक गरेको छ । जम्बो टोलिसहित आयोजना हुने टुरलाई ‘बोबी: लाइभ कन्सर्ट – नेपाल टुर’ नाम दिइएको छ ।

चर्चित गायक राजेशपायल राई, टिभी सिरियल ‘भद्रगोल’ टिमका कक्रोज र बले, कलाकार/विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र ‘बोबी’का मुख्य पात्र कविता गुरुङ/उमेश थापासहित निर्देशक चाम्स टुरमा सहभागी हुनेछन ।

देशका ११ शहरमा हुने कन्सर्ट पोखराबाट १८ गते पोखरा (सभागृह मिडटाउन)बाट सुरु भएर १९ गते चितवन (नारायणी रिभर साइड), २० गते हेटौडा (बुद्ध चोक), २१ इटहरी (इटहरी मल आइ सिनेमा), २१ गते धरान (बसपार्क), २२ गते दमक (गोकर्ण डिपार्टमेन्ट), २२ गते बिर्तामोड (हनुमान कम्प्लेक्स), २५ गते काठमाडौँको बिजी मल, २५ गत नै ललितपुरको लगनखेल, २६ गते किर्तिपुर हुँदै भक्तपुरको सुर्यविनायकमा पुगेर समापन हुनेछ । असार २९ फिल्मको रिलिज डेट हो ।

कविता र उमेशको रियल कथा प्रस्तुत गरिएको फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha