नजिरको ‘ल्याङल्याङ’मा खुलाइएन लिड हिरोइन

अभिनेता नाजिर हुसेनको लिड रोलमा फिल्म ‘ल्याङल्याङ’ बन्ने भएको छ । आइतबार राजधानीमा प्रेसमिट गरि फिल्मको अफिसियल घोषणा गरियो ।

सोम कुस्कु माझीको कथा, प्रदिपकुमार चौधरीको पटकथा/संवादमा निर्माण हुने फिल्मलाई करण श्रेष्ठले निर्देशन गर्नेछन् । सोसियल कमेडी जानरामा निर्माण हुने फिल्मलाई काठमाडौँ, सिन्धुलीसँगै अस्ट्रेलिया र बहराइनमा खिचिनेछ । फिल्म भदौ अन्तिमदेखि छायाँकनमा जाने जानकारी गराइयो ।

फिल्ममा  सुष्मिता बुर्लाकोटी, बुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोलाराज सापकोटा, कमलमणि नेपाल, राजन खतिवडा, सरीता गिरी, देवीराम पराजुली, किशोर भण्डारी, शिवहरि पौडेल, दमन रुपाखेती, जीवन भट्टराईले लगायतको अभिनय रहनेछ । एक अभिनेत्रीको नाम भने प्रेसमिटमा खुलाइएन ।

रिच इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा टंक बुढाथोकीको संगीत, कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी, शाहील खानको सम्पादन र अर्जुन भट्टराईको शब्द सिर्जना रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha