वोर्डको वार्षिक उत्सवमा ‘पञ्चायत’ र ‘अग्निदहन’लाई सम्मान

चलचित्र विकास बोर्डले आफ्नो १८ औं बार्षिक उत्सव भव्य रुपमा मनाएको छ । नेपाली चलचित्र क्षेत्रलाई स्वयत्तता दिदै वि.स.२०५७ सालमा सुचना तथा संचार मन्त्रालय मातहत रहनेगरी चलचित्र विकास बोर्डको स्थापना भएको थियो । बोर्डले असार १६ गते आफ्नो १८ औं उत्सब मनाएको हो ।

बोर्डले आफ्नो बार्षिक उत्सव समारोहकाबिच आफ्ना भावि कार्य योजना समेत प्रस्तुत गरेको छ । जस अन्र्तगत नेपाली चलचित्र क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५-७६ भित्रै लागु गरी सक्ने लक्ष्या बोर्डले राखेको छ । यही अर्थिक बर्ष भित्र नै राष्ट्रिय चलचित्र विकास नीति लागु गर्ने बोर्डको तयारी छ ।

नेपालको पहिलो फिल्म आमा र पहिलो रंगिन चलचित्र कुमारीलाई डिजिटलाइजेसन गरेसँगै पुनः प्रदर्शन गर्ने र तत्कालिन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १२ वटा चलचित्रहरुलाई चलचित्र महोत्सवद्धारा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ ।

यस्तै नेपाललाई अन्र्तराष्ट्रिय सुटिङहवका रुपमा बिस्तार गर्न अन्र्तराष्ट्रियस्तरको फिल्म सिटीसँगै काठमाण्डौं आपसापकै क्षेत्रमा एउटा सुविधा सम्पन्न सुटिङ स्टुडियो निर्माण गर्ने वोर्ड अध्यक्षले निकिता पौडेलले जानकारी दिइन् । सूचना तथा संचार प्रविधि मन्त्री गोकूल बाँस्कोटाको प्रमूख आतिथ्यसमा सम्पन्न कार्यक्रममा २ वटा बिशेष चलचित्रलाई बोर्डले पुरस्कार दियो ।

शिवम् अधिकारी निर्देशित पञ्चायत र घनश्याम लामिछानेद्धारा निर्देशित अग्नी दहनलाई विदेश प्रदर्शनका लागि सवटाइटलिङ गर्न २ लाख रुपैया दिइनेछ । यस्तै वोर्डले यसअघि दिएको महिला निर्देशकको पुरस्कार दिपाश्री निरौलाले थापिन् ।

अध्यक्ष पौडेलले बक्स अफिस, राष्ट्रिय चलचित्र नीति, चलचित्रकर्मी कल्याणकोष, फिल्म सिटी निर्माण, पुराना चलचित्रहरुको डिजिटलाइजेसन जस्ता महत्वपुर्ण कामहरु आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha