अनुप र बर्षाको ‘पुरानो बुलेट’ गुड्न थाल्यो

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘पुरानो बुलेट’ को छांयाकन सुरु भएको छ । फिल्मको यही असार १६ गते शनिबारदेखी काठमाडौंबाट छायांकन शुभारम्भ भएको हो । काठमाडौंको बिभिन्न स्थानमा छायांकन सकेर टिम पूर्वाञ्चल प्रदेश नं. १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए ।

पुरानो बुलेट मा नायक अनुप विक्रम शाही, नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्मलाई भिषण राईले निर्देशन गरिरहेका छन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो । ‘टिम मिलेर राम्रो फिल्म बनाउने प्रयास गर्दैछौं, निर्देशक राई भन्छन् ।

फिल्ममा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुकोे पनि अभिनय छ । १ करोड बढीको लागतमा निर्माण हुने फिल्मलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयुक्त रुपमा निर्माण गर्दैछन् । फिल्म कार्यकारी निर्मातामा सन्तोष राई हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha