नेपालीद्वारा जुनको तावेइसहित ५ जनालाई सम्मान

जापानमा नेपालीहरुले कार्यक्रम आयोजना गरेर नेपाललाई विश्वमा चिनाउन योगदान दिएका जापनिज नागरिकहरुलाई समान गरेका छन् । जापानमा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उधेश्यले नेपाल जापान बिजिनेश काउन्सिल, द स्काइ मूभिज प्रा. लि. र साईनो इन्टरटेन्टमेन्टले उक्त कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा स्व: जुनको तावेइ (विश्वकै पहिलो सगरमाथा आरोही महिला), मिउरा युउइचिरो (सगरमाथा आरोहण गर्ने विश्वकै जेष्ठ नागरिक), खाकिमी काजुमासा {ओके बाजे (नेपालको पाल्पा जिल्लामा २५ वर्ष बिताएर विकासमा टेवा पुर्याएका)}, डा. इतो तोसिआकि (भुकम्प सम्वन्धि सिनेमा ‘माई लभ’ बनाएर नेपाललाई सहयोग गरेका निर्देशक) र नोजु हारुहितो (जापनिज प्रधानमन्त्री, जसले सन् २००० मा नेपाल भ्रमण गरेर भाषा र कल्चरलाई जापानसामु चिनाएका थिए )लाई  सम्मान गरिएको हो ।

स्वर्गीय जुनको २०१७ मा निधन भएको थियो । त्यसैले उनको सम्मान श्रीमान तावेइ मासानोबुले ग्रहण गरेका थिए । त्यस्तै मिउरा आरोहणमा व्यस्त भएका कारण छोरी मिउरा ऐमिलीले सम्मान ग्रहण गरेकी थिइन् ।

कार्यक्रममा निर्माता/निर्देशक तथा निर्माता संघका अध्यक्षलाई नेपाली सिनेमा क्षेत्रमा पुर्याएको योगदान स्वरुप सम्मान गरिएको थियो । अधिकारीको पछिल्लो रिलिज सिनेमा ‘कान्छी’ जापानबासि नेपालीले अत्याधिक रुचाएको बताएका थिए । अधिकारी नेपालबाट विशेष अतिथिको रुपमा नित्याइएका थिए ।

कार्यक्रममा संयोजक सुजन पन्तले जापान र नेपाल बीच पुलको भूमिका निर्वाह गरि चौतर्फी रुपमा राष्ट्रको हकहितमा सदैव कार्य गर्ने उद्येश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha