‘जय शम्भु’ मा अनुप र प्रशान्तको एक्सन अवतार (टिजर)

फिल्म ‘जय शम्भु’ को एक्सनयुत्त टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता प्रशान्त ताम्राकार र अनुपबिक्रम शाहीको एक्सन अवतार र नायिका वर्षा सिवाकोटी लभर गर्लको रुपमा प्रस्तुत भएकी छन् । ‘जय शम्भू’ भदौ १ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजर यस्तो छ :

जय शम्भू मा अनुप र प्रशान्त, बर्षासँगै करुणा पाण्डे, रोशन महर्जनलाई पनि फिल्ममा देख्न सकिन्छ । रुपेश तामाङको निर्देशन रहेको फिल्मलाई दिनेश शाहीले निर्माण गरेका हुन् । फिल्मको कथा सिक्षा काफ्लेको हो । सञ्चारकर्मी समिर बलामी कास्टिङ डाइरेक्टर रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा अरबिन्द्रमान शाक्य छन् ।

टंक बुढाथोकीले संगीत भरेका छन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ भने छायाँकन हरि घले लामाले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha