नर्वेका रमणीय स्थान रोमान्टिक उमेश र कविता

फिल्म ‘बोबी’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘अरे सुन…’ बोलको गीतमा फिल्मका मुख्य पात्र कविता गुरुङ र उमेश थापाको प्रेम देखाइएको छ । नर्वेका सुन्दर ठाउँ खिचिएको गीत राम्रो बनेको छ ।

गीतमा ताराप्रकाश लिम्बुको शब्द र संगीत छ । त्यस्तै कविराज गहतराजको कोरियोग्राफी, बनिश शाहको सम्पादन, नवराज कृष्ण थापाको छायाँकन, प्रविशा अधिकारी र ताराप्रकाश लिम्बुकै स्वर छ ।

उमेश र कविताको रियल स्टोरीमा निर्माण भएको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । भने संचारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । फिल्ममा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत छ ।

असार २९ गते रिलिज हुने फिल्मलाई चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो । ‘बोबी’मा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha