सुन्दैनन् कसको ‘बाबु कान्छा’, फुर्किए यसरी !

फिल्म ‘बाबु कान्छा’को टाइटल गीत रिलिज भएको छ । सलोन बस्नेत, करिश्मा श्रेष्ठ र अन्य कलाकार फिचर्ड गीतमा वरिष्ट संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाको स्वर छ । बाँस्कोटाले लामो समय पश्चात गीत गाएका हुन् । गीतका गीतकार तथा संगीतकार टंक बुढाथोकी हुन ।

सोभित बस्नेतको लेखन, निर्माण र निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता रवि अधिकारी हुन् । फिल्मका सहनिर्मातामा सन्तोष राज भण्डारी र सुरज घिमिरे छन् ।

असार २९ गते रिलिज हुने फिल्ममा नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको पनि अभिनय छ ।

‘बाबु कान्छा’मा बाबु श्रेष्ठ/कृष्ण श्रेष्ठको छायाँकन , रामजी लामिछाने/दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha