रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘दृष्टि’ उत्कृष्ट

रोड सेफ्टी फिल्म फेस्टिभलमा फिल्म ‘दृष्टि’ उत्कृष्ट फिल्म भएको छ । यो फिल्मलाई नेपाल फिल्म एकेडेमीले निर्देशन गरेको हो । यसैगरी एकेडेमकीकै निर्देशन रहेको अर्को फिल्म फेस्टिभलमा ‘पछुतो’ दोस्रो भएको छ भने ज्ञानेन्द्र कोइरालाद्धारा निर्देशित ‘सरी बेटा’ फिल्म तेस्रो बनेको छ ।

फेस्टिभलमा विजेता फिल्मले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगदका साथै शिल्ड र सर्टिफिकेट प्राप्त गरेका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजना र नासा फाउन्डेसनको व्यवस्थापनमा नेपालमै पहिलो पटक आयोजित काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभलमा यी फिल्महरुले विजयी हाँसिल गरेका हुन् । फेस्टिभलमा १७ वटा फिल्मले सहभागिता जनाएका थिए । रोड सेफ्टी फिल्म फेस्टिभल आइतबार सम्पन्न भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha