‘अदालत’ को छायांकन सकियो

फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानरमा निर्मित फिल्म ‘अदालत’ को छायांकन सकिएको छ । फिल्ममा निर्देशक दिनेश लिङ्देनको निर्देशन छ ।

निर्देशक लिङ्देनले समाजमा देखा परेका महिला हिंसा, हत्या, अपहरण लगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश फिल्मले दिनेछ । ‘फिल्मको विषयबस्तु नै अपराधीलाई कारवाही गर्दै अदालतले कसरी पीडितलाई न्याय दिन्छ भन्ने सन्देश दिनेछ, ’उनले भने, ‘हामीले फिल्ममार्फत अदालतको न्याय प्रक्रियालाई देखाउन खोजेका छौं ।’ उनका अनुसार फिल्मको छायांकन उपत्यकाको विभिन्न स्थानमा गरिएको थियो ।

फिल्मका प्रस्तुतकर्ता हस्त लिवाङका अनुसार नेपाली समुदायको बाहुल्यता रहेको मुलुकमा फिल्मको प्रदर्शन गरिएपछि मात्र नेपालमा प्रदर्शन हुनेछ । निर्देशक दिनेशकै कथा रहेको फिल्ममा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरेको अभिनय छ ।

मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माता रहेको फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन वान्तवा राईको संगीत, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको द्वन्द्व, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, राजु घिमिरेको मुख्य सहायक निर्देशक र विक्रम डिसीको छायांकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha