‘गे’ रोलमा देखिदै ‘बिग बोस’का यी प्रतिस्प्रर्धि

‘बिग बोस ११’का प्रतिस्प्रर्धि सब्यसाची सतपथीको एउटा ठुलो अफर प्राप्त भएको छ । उनि आउने वेब शो ‘ड्राइंग द लाइन’मा समलिंगी (गे)को भूमिकामा देखिने छन् । कलाकार सौम्या बनर्जी उनको प्रेमीको भूमिकामा हुनेछन ।

नयाँ शो हात हालेको बारे उनले भने ‘सिरियल ‘ड्राइंग द लाइन’ एक वेब सिरिज हो । जसको कथा दुई समलिंगी पुरुषको लभस्टोरी हो । दुई मध्ये एकले महिलासँग विवाह गर्छ र आफ्नो परिवारसँगै समाजको कारण जीवन अगाडी बढाउछ ।’

उनि अगाडी भन्छन ‘म शोमा समिरको भूमिकामा छु । ‘ड्राइंग द लाइन’ले भुत र वर्तमानबीच एक रेखा कोर्छ । ‘ सतपथी यो नयाँ शोको लागि एकदमै एक्ससाइटेड छन् । उनले आफ्नो इन्स्टा अकाउन्टबाट शोको छायाँकनका तस्विर पनि सार्वजनिक गरेका छन् ।

स्मरण रहोस् सब्यसाचीले ‘बिग बोस ११’मा लामो यात्रा तय गर्न सकेका थिएनन् । तर, कम समयमै उनले लोकप्रियता हाँसिल गरेका थिए । बिग बोसमा उनि छिमेकी बनेर आएका थिए । बिस बोसबाट बाहिरीए पछीको उनको यो पहिलो प्रोजेक्ट हो ।

शोका अन्य प्रतिस्प्रर्धिसँग उनको अहिले पनि राम्रो सम्वन्ध छ । शिल्पा शिन्धे र अर्शी खानसँग उनको राम्रो बोंडीङ छ । सब्यसाची एक राम्रा भान्से पनि हुन् । बिग बोसमा खाना बनाउनेको जिम्मा उनैलाई थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha