घर फर्कदै ‘रोमियो एण्ड मुना’ (भिडियो)

फिल्म ‘रोमियो एण्ड मुना’को स्याड भर्सन गीत रिलिज भएको छ । गीतमा विनय श्रेष्ठ ‘रोमियो’ र सृष्टि श्रेष्ठ ‘मुना) घर फर्कदै छन् ।

गीतमा धरानबाट रोमियो काठमाडौँतर्फ हानिदै छन् भने मुना आफ्नो गाउँ फिरेकी छन् । ‘साँझ पर्यो’ बोलको गीत मार्मिक छ । कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा शब्द सिर्जनामा कालीलाई एकतारेले सहयोग गरेका छन् । गीतलाई गौरव डगाओंकरले गाएका छन् ।

नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । यी सँगै फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ ।

फिल्म निर्माणमा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले निर्माण गरेका छन् । साउन ११ गते रिलिज हुने फिल्मले प्रचार-प्रसारलाई तिब्रता दिइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha