यस्ता छन् बक्स अफिसमा ‘सन्जु’का रेकर्ड

बलिउड फिल्म ‘सन्जु’ले घरेलु बक्स अफिसमा रेकर्ड सेट गरेको छ । प्रदर्शनको पहिलो साता नै २ सय करोड क्लबमा इन्ट्री गर्दै ‘सन्जु’ रनबिर कपूरको करिअरकै सर्वाधिक कमाउने फिल्म पनि बनेको छ ।

बलिउड बक्स अफिसको आँकडा हेर्दा पहिलो साता सर्वाधिक कमाई गर्ने फिल्मको सुचीमा यो तेस्रो नम्बरमा उक्लिएको छ । पहिलो सात दिनको कमाईमा ‘सन्जु’ भन्दा अगाडी ‘टाइगर जिन्दा हे’ र ‘बाहुबली २’ छन् । यसको एक हप्ते कलेक्सन नै २ सय २ करोड ५१ लाख पुगेको छ । ‘सन्जु’ साल २०१८ मा पहिलो साता सर्वाधिक कमाउने फिल्म पनि हो ।

‘सन्जु’को पहिलो साताको कमाई

पहिलो दिन ३४.७५ करोड, ३८.६० करोड, तेस्रो दिन ४६.७१ करोड (सिंगल डे कलेक्सनमा रेकर्ड), चौथों दिन २५.३५ करोड, पाँचौं २२.१० करोड, छैटौँ दिन १८.९० करोड र सातौँ दिन १६.१० करोड कमाउन सफल भयो ।

निर्देशक राजकुमार हिरानीको सर्वाधिक कमाउने दोश्रो फिल्म

निर्देशक हिरानीको सर्वाधिक कमाउने फिल्म ‘पिके’ हो । २०१४ मा रिलिज भएको ‘पिके’ले घरेलु बक्स अफिस मै ३ सय ४० करोड कमाई गरेको थियो । हिरानीको २०११ मा रिलिज भएको ब्लकबस्टर ‘थ्री इडीएट्स’को लाइफटाइम कलेक्सन ‘सन्जु’ पहिलो साता नै पार गरिदिएको छ । ‘थ्री इडीएट्स’को लाइफटाइम कलेक्सन भन्दा ‘सन्जु’को पहिलो साताको कमाई ४ लाख बढी हो ।

‘सन्जु’को दोश्रो साताको कलेक्सनले ‘पिके’को रेकर्ड तोड्न सक्ने/नसक्ने निर्क्यौल गर्नेछ । स्मरण रहोस् ‘पिके’ले पहिलो साता १ सय ८३ करोड कमाई गरेको थियो ।

बक्स अफिस सुचीको दोश्रो नम्बरमा रनबिर

यो वर्ष ६ महिना बित्दा रणवीर सिंहले बलिउड बक्स अफिसको ताज पहिरिरहेका छन् । र त्यो ताज रनबिरले पछ्याउँदै छन् । जनवरीमा रिलिज रणवीरको ‘पद्मावत’ले ३ सय २ करोड कमाई गरेको थियो । जुन यो वर्ष प्रदर्शित जुनसुकै अभिनेताको भन्दा बढी हो । ‘सन्जु’ले पहिलो साता नै २ सय करोड कमाई गर्दा ‘पद्मावत’को कलेक्सनलाई सजिलै उछिन्ने अनुमान गरिएको छ । ‘पद्मावत’ले पहिलो साता १ सय ६६ करोड कमाई गर्दै ३ सय करोड क्लबको यात्रा तय गरेको थियो ।

‘सन्जु’ले दर्शक तथा समिक्षकबाट मिश्रीत प्रतिक्रिया पाइरहेको छ । बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्ममा  रनबिरका अलावा परेश रावल, विक्की कौसल, मनिषा कोइराला, अनुष्का शर्मा, दिया मिर्जा, सोनम कपूर, जिम सर्ब लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha