चाम्स भन्छन ‘बोबी’ जोडीबाट पैसा लिएको छैन

निर्देशक मिलन चाम्सले ‘बोबी’ निर्माण गर्दा कलाकारबाट पैसा नलिएको बताएका छन् । ‘बोबी’को देशव्यापी टुरको क्रममा चितवनमा चाम्सले ‘बोबी’बारे बोल्दै यस्तो बताएका हुन् ।

प्राय: फिल्ममा नयाँ कलाकार भित्र्याउदा उनीहरुबाट पैसा लिएका थुप्रै उदाहरण छन् । तर, चाम्सले नर्वेमा बसोबास गर्ने विवाहित जोडी कविता गुरुङ र उमेश थापाको रियल कथालाई ‘बोबी’मा उतार्दा उनिहरुबाट पैसा नलिएको र रियल जोडीनै कथामा फिट हुने देखिएपछी अनुबन्धित गरिएको बताए । चाम्सले यी दुईको जीवनकथा साचिकै फिल्म बन्न लायक भएकोले आफ्नै लगानीमा निर्देशक गर्ने हौसला मिलेको प्रष्ट पारे ।

त्यस्तै फिल्मका मुख्य कलाकार तथा विमान चालक विजय लामाले मिलन चाम्सको काम गर्ने शैली र कविता/उमेशको कामबाट प्रभावित भएको बताए । उमेश र कविताका अनुसार उनीहरुको जीवनकथालाई निर्देशक चाम्सले राम्ररी फिल्ममा उतारेका छन् । एउटा गाउँबाट सुरु भएर कसरि नर्वेसम्मको यात्रा तय भयो र के-कस्ता कष्ट यो जोडीले भोग्नु परेको थियो ? ति सबै ‘बोबी’मा दर्शकले हेर्न पाउने छन् ।

असार २९ गते रिलिज हुने ‘बोबी’मा उमेश र कवितासँगै रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणालगायतका कलाकारको  अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha