‘कहिँ कतै’ पोस्टरमा दीलिपदेखि सिवानीसम्म

फिल्म ‘कहिँ कतै’का तीन अफिसियल पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा दीलिप रायमाझीदेखि लिएर डेब्यु कलाकार सिवानी गिरी र सोनम बरफुङ्गपालाई समेटिएको छ ।

दीलिप र डेब्यु अनुहार फोकस्ड पोस्टरमा अभिनेता किशोर खतिवडा र अभिनेत्री/निर्मात्री उमा ‘बेबी’ गिरीलाई पनि प्रस्तुत गरिएको छ ।

‘कहिँ कतै’की निर्मात्री उमाकी छोरी सिवानीले यो फिल्म खेल्नु भन्दा अगाडी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअपको ताज पहिरिसकेकी छन् । र अहिले दुई फिल्ममा अभिनय गरिरहेकी छन् ।

सबिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको ‘कहिँ कतै’ साउन ४ गते रिलिज हुँदैछ । फिल्ममा शिव ढकाल/बाबु श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, रोशन श्रेष्ठको द्वन्द निर्देशन, सचिन सिंह/लक्की सिटौलाको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha