‘कस्मिक लभ’ छायाँकन सेटबाट तस्विर सार्वजनिक

केहि साता अगाडी अफिसियल घोषणा गरिएको फिल्म ‘कस्मिक लभ’का छायाँकन सेटबाट केहि तस्विरहरु सार्वजनिक भएका छन् ।

ललितपुरको बज्रबाराहीबाट बाहिरिएका छायाँकन तस्विरमा नयाँ कलाकार पुजन थापा र रिजन थापा प्रस्तुत छन् ।

बीएस बलामी र एस अधिकारीले निर्देशन गरिरहेको फिल्ममा अर्पण थापा, प्रशान्त ताम्राकार, रोबिन तामाङ, दिया मास्के, राजाराम पौडेल, पुरन थापा, देब महर्जन, सागर खनाललगायतका कलाकारको अभिनय छ ।

रोमान्टिक कमेडी जानरामा निर्माण भैरहेको फिल्ममा जय गौतमको लगानी छ । फिल्मका कार्यकारी निर्माता डीएन दाहाल हुन् ।

सुरज प्रधानको प्रस्तुती रहेको ‘कस्मिक लभ’मा सुरेश बज्राचार्यको छायाँकन, शेखर ज्ञवालीको लेखन बाबुल गिरीको संगीत, बाबु साहेबको एक्सन, कविराज/गहतराजको कोरियोग्राफी र विपिन मल्लले सम्पादनको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha