सम्पादनमा ‘नालापानी’, भिएफएक्सको अधिक प्रयोग

तीन महिनाको छायाँकन पश्चात फिल्म ‘नालापानी’ सम्पादन टेबुलमा पुगेको छ । वीर गोर्खालीहरुको वीरताको विषयमा निर्माण भैरहेको फिल्मको अहिले बिजीबी इन्टरनेशनलमा धमाधम सम्पादन भैरहेको निर्माण पक्षले बताएको छ ।

सम्पादनमा फिल्मको अधिक सिनमा भिएफएक्स प्रयोग हुनेछ । छायाँकनताका सम्पादन टेबुलका टिम सँगै फ्लोरमा थिए ।

नयाँ वर्ष २०७६ मा प्रदर्शन लक्ष्य राखिएको फिल्म जोखिमका वावजुत एतिहाँसिक स्थानहरुमा छायाँकन गरिएको निर्माता मनोज शाक्यले बताए ।

सन् १८१४ नेपालले ब्रिटिश साम्राज्यविरुद्द देहरादुनको नालापानीमा लडेको युद्दमा आधारित फिल्ममा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

‘नालापानी’लाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् । पद्माकुमारी फिल्मस् प्रालि र गंगानारायण फिल्मस प्रालिको संयुक्त व्यानरमा बनिरहेको फिल्मको लेखन निर्देशक अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन, बिपिन मल्लको सम्पादन, अच्युत गजुरेलको भिएफएक्स र रामशरण उप्रेतीको छायाँकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha