अपराधिक ‘चक्कर’मा लेस्बियनको कथा ! (प्रोमो)

अपराधिक विषयमा आधारित फिल्म ‘चक्कर’को दोस्रो प्रोमो रिलिज भएको छ । यसअघि रिलिज पहिलो प्रोमोले तारिफ कमाइसकेको छ ।

फिल्ममा समलिंगी महिला अर्थात ‘लेस्बियन’को विषय समावेश गरिएको प्रोमोले झलक दिन्छ ! ‘लूट’ सिरिज चर्चित अभिनेत्री सिर्जना सुब्बा र स्मृति पोखरेलले लेस्बियनको भूमिका निर्वाह गरेका छन् । प्रोमोमा उनीहरुको किस सिनलाई हाइलाइट गरिएको छ । यसअघिको प्रोमोमा पनि जुन दृश्य समावेश थियो ।

अनुष्का रौनियार निर्देशित फिल्ममा अर्पण थापा, एभोनराज उप्रेती, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा र स्मृति पोखरेलको अभिनय छ। प्रोमोमा अर्पण र ऋचा प्रहरीको पोशाकमा छन् ।

साउन ४ गते रिलिज हुने फिल्ममा संगम पन्त/पुष्पका पलाञ्चोकेको संगीत र निर्देशक रौनियारकै कथा, पटकथा तथा सम्पादन छ । फिल्मलाई रविन आचार्यले निर्माण तथा छायाँकन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha