के छ सन्नी लियोनीको बायोपिकमा ? (प्रोमो)

पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा निर्माण भएको वेब सिरिज ‘करनजित कौर – द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को प्रोमो रिलिज भएको छ ।

बायोपिक सन्नी आफैले आफ्नो भूमिका निर्वाह गरेकी छन् । प्रोमोमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्टारताकाका दृश्यहरु हाइलाइट गरिएको छ । सन्नीको बाल्यकालको रोल रसा सौजनीले निर्वाह गरेकी छन् ।
आदित्य दत्त निर्देशित सिरिजमा सन्नी कामुक अवतारमा प्रस्तुत हुने छिन् ।  यो वेब सिरिज १६ जुलाईबाट ‘जी फाइभ’ एपमा रिलिज गरिनेछ ।

पछिल्लो समय बलिउडमा बायोपिकको लहर चलेको छ । अन्य क्षेत्रका चर्चित व्यक्तित्वहरुको जीवनीमा बलिउड फिल्म बने पनि बलिउडकर्मीको जीवनीमा खासै निर्माण भएका छैनन् । प्रदर्शनरत ‘सन्जु’ बलिउडकर्मीको जीवनीमा बनेको सम्भवत: पहिलो फिल्म हुनु पर्छ

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha