करिश्मा लिएर ‘बाबु कान्छा’ देश दौडाहमा

असार २९ गते प्रदर्शनमा आउने लागेको फिल्म ‘बाबु कान्छा’ को यती बेला धमाधम प्रचार प्रसार भईरहेको छ । टिम प्रचार प्रसारको लागि चितवन पुगेको छ । यस अघि शुक्रबार बिहान हेटौंडाका पत्रकार माझ फिल्मको बारेमा जानकारी दिदैं फिल्म युनिटले हेटौंडामा पनि पत्रकार भेटघाट आयोजना गरेको थियो । सलोन र करिश्मासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

यसै क्रममा शुक्रबारै फिल्म बारे जानकारी गराउने उद्देश्यले चितवनको नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा फिल्मका शिर्ष कलाकार सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीको उपस्थि रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै नायक सलोन बस्नेतले बाबु कान्छा सपरिवार बसेर हेर्न सकिने फिल्म बनेको बताए । फिल्ममा आफु लगायत सबै कलाकारले निकै मिहेनतको साथ काम गरेकोले बाबु कान्छा राम्रो बनेको सलोनको दाबी रहेको छ । यस्तै सलोनले फिल्म चितवन, बिरगञ्ज, लम्जुङ घले गाउँ र काठमाण्डौमा छायांकन गरिएको पनि बताए । फिल्मका निर्माता, निर्देशक सलोन शोभित बस्नेत भने फिल्मको कार्य व्यस्तेले मोफसल टुरमा निस्किन सकेनन् । चलचित्रको टिजर र ट्रेलरमा १७ बर्ष अघीको सलोन बःनेतलाई देखाईएको कारण पनि उनले खुलाएका छन् ।

सानोमा आफुले धेरैफिल्ममा बाल कलाकारको भूमिका निर्वाह गरेको र त्यही मध्यको नेपाली बाबु को बाल कलाकारको छोटो भूमिका राखिएको सलोनले बताएका छन् । ‘बाल कलाकारको रुपमा खेल्दाको सलोन र अहिलेको सलोन एउटै भएकोले कसैलाई नझुक्किउन भन्न त्यो छोटो अंश बाबु कान्छा मा राखिएको हो’, सलोनले भने । उता नायिका करिश्मा श्रेष्ठले फिल्ममा आफ्नो भूमिका एक सामान्य युवतिको रहेको बताईन । ‘फिल्ममा म एक सामान्य युवतिको रुपमा प्रस्तुत भएकी छु, जो जीवनमा केही गर्न चाहन्छिन’ करिश्माले भनिन् । फिल्म ‘लभ सब’ बाट रजटपटमा भित्रिएकी करिश्माको लागि ‘बाबु कान्छा’ दोस्रो फिल्म हो । पहिलो फिल्म पछी लामो समय सम्म फिल्ममा नदेखिएकी करिश्माले यो फिल्ममा भने निर्माता तथा निर्देशक शोभित बस्नेतले अफर गरेको कारण काम गरेको प्रष्ट पारिन् ।

फिल्मका सह निर्माता सरोज घिमिरेले बाबु कान्छा राम्रो बनेको र दर्शकहरुले मन पराईदिनुहुनेमा आफु विश्वस्त रहेको बताए । फिल्मका कार्यकारी निर्माता रबी अधिकारीले मल्टीप्लेक्समा समेत फिल्मले राम्रो ब्यापार गर्ने आशा राखे ।बाबु कान्छामा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन्।

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन्। चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको छ भने रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। फिल्ममा अष्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha