पाँच सिक्वेन्समा ‘एनसिएमटीए फेशन शो’

नेपाल कपडा तथा सिलाई व्यवसायी संघले ‘एनसिएमटीए फेशन शो २०१८’ गर्ने भएको छ । आफ्नो आयोजना पहिलो पटक गर्न लागेको शोमा संघसँग सम्वन्धित सिलाई व्यवासायीहरुकै डिजाइन तथा कल्चर झल्काउने प्रस्तुति हुनेछन ।

संघको आयोजना तथा राग रागिनी इन्टरटेन्मेन्टको सहकार्यमा हुन लागेको उक्त फेशन शोको इभेन्ट म्यानेज्मेन्टको काम रशलाइट मिडियाले गर्दैछ । रशलाइटको तर्फबाट रमिता भण्डारीले कोरियोग्राफी गर्ने कार्यक्रममा १६ जना मोडलहरुले क्याटवाक गर्नेछन ।

रमिताले यहि असार ३० गते हुन लागेको ‘एनसिएमटा फेशन शो’मा मुख्यतः नेपाली भेषभुषाहरुलाई नै प्राथमिकता दिइने रमिताले बताइन् । गत महिना मात्र रमिताले क्यानडामा पहिलो पटक नेपाल कल्चरमा फेसन शो सम्पन्न गरेकी थिइन् ।

नाम चलेका मोडलहरु र्‍याम्पमा उत्रिँदा पाँच सिक्वेन्समा नेपाली कल्चर, विवाह, अफिसियल वेयर, पार्टिज वेयर र नेपाली ढाकामा सजिने रशलाइटको तर्फबाट कार्यक्रम व्यवस्थापक सनिल महर्जनले बताए ।

शोमा गायिका मिना निरौला गायक कस्पाल श्रेष्ठको गायनसँगै बज्र मण्डलाको परम्परागत चारिया नृत्य र सरस्वती एण्ड ग्रुपको तर्फबाट वेस्टर्न नृत्य प्रस्तुति रहनेछ ।

इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा हुने शोलाई भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने आयोजक संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । यस इभेन्ट नेपाली भेषभुषा प्रवर्धनमा कोशेढुंगा सावित हुने उनले विश्वास पोखे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha