स्व. शाक्यको नाममा चलचित्र पत्रकारिता पुरस्कार

स्वर्गीय पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले ‘सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ ।

प्रविशा प्रकाशनद्वारा विगत ९ वर्षदेखि प्रकाशन हुँदै आएको फिल्मीखबरद्वारा शाक्यको निधन भएको पहिलो वार्षिकी तथा प्रथम स्मृति दिवसका अवसरमा सम्झना तथा सम्मान स्वरूप पुरस्कार घोषणा गरिएको फिल्मीखबरका प्रकाशक तथा सम्पादक शान्तिप्रियले बताए ।

शाक्यले ३० वर्ष भन्दा बढी सञ्चारमाध्यममा समय बिताएका थिए भने २५ वर्ष चलचित्र पत्रकारितामा आफुलाई समर्पित गरेका थिए । उनिले निरन्तर रुपमा फिल्मीखबरमा काम पनि गरेका थिए । गत वर्ष असार २३ गते उनको निधन भएको थियो ।

हरेक वर्ष रंगपत्रकारितामा संलग्न पत्रकार प्रदान गरिने पुरस्कारमा प्रमाणपत्र र १० हजार नगत राशी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha