आमा-छोराको कथामा किन छोरालाई मात्र स्थान ?

७० प्रतिशत छायाँकन समाप्त भैसकेको फिल्म ‘मेरी मामु’को फस्टलूक पोस्टर सार्वजनिक भएको छ । भदौ १५ रिलिज टार्गेट गरिएको फिल्मको फस्टलूकमा बालकलाकार आयुब सेनलाई मात्र स्थान दिइएको छ ।

यो फिल्ममा डेब्यु गर्ल कुशुम गुरुङ आयुबको आमाको भूमिकामा प्रस्तुत हुँदैछिन । आमा-छोराको सम्वन्धको कथामा बनिरहेको फिल्मको फस्टलूकमा छोरामा स्थान दिइनुले कतै निर्माता सन्तोष सेन अर्थात आयुबका पिताले आफ्नो छोरालाई मात्र बुस्ट गर्न खोजेका त होइनन् भन्ने प्रश्न उब्जिएको छ । नत्र भने आमा-छोराको कथामा आमालाई स्थान नदिइनुलाई कसरि बुझ्ने ?

सन्तोषले आशुसेन फिल्मस्को व्यानरबाट यो चौथों फिल्म निर्माण गरेका हुन् । यम थापाको लेखन निर्देशन रहेको फिल्ममा ‘प्रेमगीत २’ फ्रेम्ड अभिनेत्री अश्लेशा ठकुरीसँगै शारुक ताम्राकार र दुर्गा मल्लको प्रमुख भूमिका छ । फिल्मको छायाँकन, स्वरांकन र सम्पादनको काम साथ-साथै भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha