‘कथा काठमाडौँ’मा प्रियंकाको कामबासना, आयुषमानको जीवन !

छायाँकन सकिएको लामो समय पश्चात फिल्म ‘कथा काठमाडौँ’ले प्रदर्शन मिति तय गर्दै फस्टलूक पोस्टर सार्वजनिक गरेको छ । यहिँ फिल्मको छायाँकन सेटबाट प्रियंका कार्की र आयुषमान देशराज जोशीको प्रेम मौलाएको थियो । अब फिल्म अशोज १२ गते रिलिज हुनेछ ।

यो फिल्म पश्चात प्रियंका र आयुषमानले थुप्रै म्युजिक भिडियो र केहि फिल्ममा सँगै अभिनय गरिसकेका छन् । प्रियंका र आयुषमान रियल जोडीको रुपमा ‘कथा काठमाडौँ’ले स्थापित गरेपनि रिलको कथामा उनीहरु जोडीको रुपमा नरहेको पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

पोस्टरमा प्रियंका र अभिनेता प्रमोद अग्रहरीलाई एक बक्समा समेटिएको छ । यी दुईको बीचमा व्याप्त कामबासनाको भोक शाब्दिक रुपमा अर्थ्याईएको छ । त्यस्तै संजोग कोइराला र सन्ध्या केसीबीच प्रेम र आयुषमान/प्रेक्षा अधिकारी बीचको जीवनलाई देखाइएको छ । पोस्टरमा अनुमान लगाउँदा प्रेक्षा जीवनसँग लडिरहेकी छन् ।

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्ममा काठमाडौँमा बस्ने बिभिन्न पात्रहरुको कथालाई उठाइएको छ । आहाना फिल्मस्को व्यानरमा ‘कथा काठमाडौँ’ विजय राईको लगानी छ । फिल्ममा लुजा श्रेष्ठको छायाँकन र मित्र गुरुङको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha