‘भैरे’ दयाहाङ राई टाइपको फिल्म !

भर्सटायल एक्टर हुन, दयाहाङ राई । ’लुट’ फिल्ममा ’गोफ्ले’ को भूमिका निभाएपछि एकाएक चम्किएका उनी अहिलेपनि उत्तिकै व्यस्त छन् । दयाले फिल्मबाट महंगो पारिश्रमिक पनि लिदैं आएका छन् ।

गएको वर्ष महिनैपिच्छे नयाँ फिल्म लिएर हल छिरेका उनी यस वर्षका लागि दर्शकलाई फिल्म ‘भैरे’ पहिलो कोशेसी स्वरुप दिँदैछन् । जुन साउन ४ गतेबाट प्रदर्शनमा आउँदैछ, यसमा उनको शिर्ष भूमिका छ । एभरेष्ट सूर्य बोहरा निर्देशित ‘भैरे’ मा दयाहाङ राई भिन्न क्यारेक्टरमा प्रस्तुत भएका बताउँछन् । ’लुट’ को गोफ्ले झै ‘भैरे’ ले पनि आफुलाई नयाँ परिचय दिनेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘भैरे को कथा मन र्पयो अनि छाड्न सकिन । यो मेरो टाइपको फिल्म बनेको छ ।’

‘भैरे’ सामाजिक विषय वस्तुमा बनेको फिल्म हो । पहिलादेखि जसरी फिल्महरु बनिरहेका थिए त्यसैको एक अवधारण हो । यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन । नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपर मुस्ताङमा खिचिएको छ’, फिल्मबारे उनले भने । उनी ‘भैरे’ लाई पूर्ण कमर्सियल फिल्म भन्न चाहन्छन् । दर्शकलाई सोच्न विवश नबनाएपनि यस फिल्मले मनोरञ्जनको खुराक दिन नचुक्ने उनको दाबी छ । सान्नानीलाई भेट्न आउँदा :

भैरे’ तपाईको करिअरको फरक फिल्म हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ’त्यो त भन्दिनँ तर मेकिङको हिसाबबाट भने फरक भन्न सक्छु’ । निर्देशक एभरेष्ट सूर्य बोहरा ’मेन स्ट्रिम स्कूलिङ’ बाट आउन’ भएको हो । उहाँले फिल्ममा त्यही स्कूलिङ फलो गर्नु भएको छ ।  उनलाई फिल्मले राम्रो नतिजा ल्याउनेमा शंका छैन रे । यसमा दयाहाङको जोडीको रुपमा नायिका सुरक्षा पन्त प्रस्तुत भएकी छन् । ’सान्नानीलाई भेट्न आउँदा’ र ’सनम माया ला’को’ गीतले फिल्मलाई दर्शकले रुचाइरहेका छन् भने फिल्मको प्रोमो केही साता अघि मात्रै रिलिज गरिएको छ । भैरे शिर्ष गीत :

भैरे मा दया र सुरक्षा सँगै नायिका बर्षा सिवाकोटी, नायक विक्रान्त बस्नेत, कलाकार बुद्धि तामांग, बाल कलाकार अनुभव रेग्मी लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha