‘२ रुपैयाँ’मा टल्कियो जवानी

हिट गीत ‘कुटुमा कुटु’ पछि फिल्म ‘२ रुपैयाँ’ को नयाँ गीति भिडियो रिलिज गरिएको छ । रोशन थापाको संगीत रहेको ‘टल्कियो जवानी’ बोलको गीतमा आशिफ शाह, निश्चल बस्नेत र मिना निरौलाको स्वर छ । शब्द एकतारे र सुरज शाही ठकुरीले लेखेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा आशिफ, निश्चल र सुमी मोक्तान फिचरिङ छन् । भिडियो हेर्नुस् :

अशिम शाहको निर्देशन रहेको फिल्म २ रुपैयाँ भदौ २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा आशिफ, निश्चल र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha