पूजा शर्माका ‘प्यारा’ बन्दै माग्ने बुढा !

माग्ने बुढा उर्फ कलाकार केदार घिमिरेले ‘छक्का पञ्जा’ समुह भन्दा बाहिर रहेर फिल्म ‘रामकहानी’मा अभिनय गरेका छन् । सुदर्शन थापाको निर्देशन रहेको यस फिल्ममा केदारले महंगो पारिश्रमिक दश लाख लिएका छन् । महंगा कलाकारको फिल्ममा भूमिका चाहिं कस्तो होला त ? भदौ २२ सम्म प्रतिक्षा गरौं ।

रिलमा भूमिका जे जस्तो भएपनि रियलमा भने माग्ने बुढाको ‘रामकहानी’की सोलो नायिका पूजा शर्मासँग दोस्ती जमेको छ । प्रि प्रोडक्सनदेखि सुरु भएको केदार र पूजाको दोस्तीयारी छायाँकन सकिंदासम्म निकै गाढा भएको देखिन्छ । पूजाकै आग्रहमा केदारले सेटमा खसी समेत काटेर खुवाएका थिए । सुटिंगसँगै सार्वजनिक कार्यक्रममा पनि केदार र पूजा निकै नजिक देखिन्छन् । रमाइलो छ को पहिलो एनिभर्सरीमा पनि पूजा र केदारको निकटता निकै राम्रो देखियो ।

सुदर्शन र पूजा मिलेर बनाएको ‘रामकहानी’मा केदार र पूजासँगै नायक आकाश श्रेठ, कलाकारहरु जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतको अभिनय छ । संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्मको यतिबेला पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha