रेखा-नीता अब कहिले खेल्ने सँगै फिल्म ?

रेखा थापा र नीता ढुंगाना समकालिन कलाकार होइनन् । तर फिल्मी करिअरको सुरुवातदेखि नै रेखा र नीता एकअर्का नजिक छन् । यी दुईले तीन फिल्ममा अभिनय गरेका छन् ।

फिल्म ‘मितिनी’मा नीताले रेखाको सानो उमेरको भूमिका गरेकी छन् । जुन फिल्मबाट दुबैले प्रशंसा पाए । ‘मितिनी’ पछि नै रेखाको फिल्मी करिअर द्रुत गतिमा अगाडी बढेको थियो । ‘मितिनी’ पछि रेखा र नीताको फिल्म ‘अजम्बरी नाता’ मा भेट भयो । तत्कालिन रेखा फिल्मस्ले बनाएको उक्त फिल्ममा नीताले अभिनेत्री निरुता सिंहको छोरीको भूमिका निभाएकी थिइन् । नीताको स्वरमा रेखाले गीत गाएकी थिइन् ।

नीता पहिलो पटक हिरोइन भएको फिल्म ‘हाम्रो माया जुनी जुनी’ लाई मा पनि रेखा अतिथि भूमिकामा थिइन् । अपोजिटमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ थिए । व्यस्त भएपछि भने रेखा र नीताले सँगै काम गरेका छैनन् । रेखा र नीताको कहिले होला त एकसाथ स्क्रिन सेयर ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha