‘अमेरीकन बाबु मेड इन नेपाल’ को ट्रेलर आयो

सम्पूर्ण छायांकन अमेरीकामा गरिएको फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक गरिएको छ । अमेरीकामा बस्ने नेपालीहरुको कथा समेटिएको फिल्ममा अभिनय पनि अमेरीकामै रहदै आएका नेपाली कलाकारहरुले गरेका छन् । ईश्वर थापाको निर्देशन तथा सम्पादन रहेको फिल्मको ट्रेलर यस्तो छ :

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको फिल्ममा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको बेजोड अभिनय छ ।

फिल्म पनि अमेरिकाबाट नै हुने निर्देशक थापाले बताएका छन् । अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको उनको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha