‘नाईं नभन्नू ल ५’ मा अनुभव र सेड्रिनाको लोभलाग्दो प्रेम (प्रोमो)

सुपरहिट सिरिज ‘नाईं नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । विकासराज आचार्यको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर आकर्षक बनेको प्रतिक्रिया मंगलबार गरिएको प्रेसमिटमा मिल्यो । भदौ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर हेर्नुस् :

ट्रेलरमा विशेषतः बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको प्रेमलाई प्राथमिकतामा राखिएको छ । सँगै नायिका प्रियंका कार्की, स्वस्तिामा खड्का, नव नायक अभिषेक नेपाल, नायिका केकी अधिकारी प्रोमोमा प्रस्तुत छन् । अभिनेता दीलिप रायमझी र अभिनेत्री निरुता सिंहको पनि केही झलक प्रोमो समावेश छ । अघिल्ला सिरिज जस्तै ‘नाईं नभन्नू ल ५’ को प्रोमोमा पनि माया, प्रेम, हाँसो, आँसु, विछोड र हल्का कमेडी राखिएको छ ।

बसन्त सापकोटाको संगीत रहेको ‘नाईं नभन्नू ल ५’ मा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । फिल्म लेखनमा निर्देशक आचार्य र सामिप्यराज तिमल्सेनाले सहकार्य गरेका छन् ।
दीलिप र निरुतासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

कार्यकारी निर्माताको रुपमा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल छन् । यस्तै निर्माताको रुपमा हरिवोल गजुरेल अनि गौरी राज जोशी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha