‘हट मम्मी’ भन्दा नाजवाफ प्रियंका (फोटो फिचर)

प्रियंका कार्की भर्सटायल एक्ट्रेस हुन् । पर्दामा प्रियंकालाई मोर्डनदेखि आमासम्मको भूमिकामा देख्न सकिन्छ । उसो त उनले ‘माला’ र ‘सुन्तली’मा शिर्ष रोल पनि निभाएकी छन् । तर उनी आमाकै क्यारेक्टरमा हिट छिन् ।

‘नाईं नभन्नू ल’ र ‘छक्का पञ्जा’ सिरिजमा दर्शकले प्रियंकलाई आमाको भूमिकामा रुचाउँदै आइरहेका छन् । ‘नाईं नभन्नू ल ५’ को प्रोमो लञ्च कार्यक्रममा यिनै ‘प्रियंका आमा’को चर्चा भयो । बोल्ड अवतारमा कार्यक्रममा उपस्थित भएकी प्रियंकालाई एक सञ्चारकर्मीले सोधे, ‘दर्शकले तपाईंलाई कति हट आमा भन्दा हुन् है ?’

प्रेसमिटमा सोधिएको यस प्रकारको प्रश्नले प्रियंका लजाइन् । ‘खै मलाई त उत्तर नै दिन आएन’, प्रियंकाले हाँस्दै भनिन् । प्रियंका नाजवाफ भएपनि उनी साँच्चै हट देखिएकी थिइन् । उसो त उनी हरेक कार्यक्रममा आकर्षक पहिरणमा प्रस्तुत हुने गर्दछिन् । जसको निरञ्तरता उनले ‘नाईं नभन्नू ल ५’ को प्रेसमिटमा पनि दिइन् ।

विकास आचार्यको लेखन तथा निर्देशन रहेको ‘नाईं नभन्नू ल ५’ मा प्रियंकासँगै अनुभव रेग्मी, सेड्रिना शर्मा, स्वस्तिामा खड्का, अभिषेक नेपाल, केकी अधिकारी लगायतको अभिनय छ । आचार्यले सामिप्यराज तिमल्सेनासँग कथा लेखनमा सहकार्य गरेका छन् ।फिल्म भदौ ८ देखि प्रदर्शनमा आउँदैछ । तस्बिर : विवेक बस्याल

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha