दर्शकको घरघरमा पुग्यो ‘बोबी’ टिम

सामान्यतः चुनावी अभियानमा घरदैलो कार्यक्रम गर्ने गरिन्छ । तर यहाँ त फिल्म प्रचारमा समेत घरदैलो कार्यक्रम गरिएको छ । यसै शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘बोबी’ टिमले मंगलबार ललितपुर जिल्लाको लुभुमा घरदैलो कार्यक्रम गर्यो ।

‘बोबी’ का निर्देशक मिलन चाम्स, नायक उमेश थापा र नायिका कविता गुरुङको टोलीले ललितपुरको लुभुमा घरदैलो कार्यक्रम गरेको हो । उसो त नायक थापाको स्थायी घरपनि लुभुमै हो । आफ्नै प्रेम कहानीमा फिल्म बनाएर आफैले अभिनय गरेका उमेशले आफ्ना स्थानियलाई ‘बोबी’ रिलिज हुने मिति असार २९ गते जानकारी दिएका हुन् । घरदैलो कार्यत्रम कत्तिको प्रभावकारी होला त ?

फिल्मको प्रदर्शन मिति नजिकिएसँगै ‘बोबी’ को प्रचार प्रसारलाई तिव्र पारिएको छ । मोफसलमा कन्सर्ट सकेर ‘बोबी’ टिमले राजधानीमा कन्सर्ट गरिरहेको छ । कन्सर्टमा टिम सहित हाँस्यव्यांग्य कलाकार पनि समावेश छन् । निर्देशक चाम्स, उमेश र कवितासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha