‘कहीँ कतै’ को ट्रेलर रिलिज, पिडामा हिरो-हिरोइन !

साउन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कहीँ कतै’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा नवकलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ’बेबी’ गिरी लगायतलाई समेटिएको छ । ट्रेलर हेर्नुस् :

ट्रेलरबाट फिल्ममा रोमान्स र वियोगको कथा रहेको अड्कल काट्न सकिन्छ । नायक रायमाझीका आँखामा आँशु र सोनम र सिवानीको रोमान्स छ । सिभानी र सोनमले यहि फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेका हुन् । सिक्कीम स्थायी घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फस्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई फिल्ममा पनि अभिनय गरिरहेकी छिन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ । आमा उमा र छोरी सिभानीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस फिल्मलाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha