धमला पत्नी समुन्द्रको प्रेममा चुर्लुम्म डुबिन् !

सञ्चारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतमको डेव्यु फिल्म ‘अनुराग’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एलिजा नव नायक समुन्द्र पण्डितसँग रोमान्टिक मुडमा देखिएकी छिन् । सत्यराज चौंलागाईंको निर्देशन रहेको ‘अनुराग’मा एलिजा र समुन्द्र प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् ।

धमला पत्नी आफ्नै लगानी रहेको ‘अनुराग’ को प्रदर्शन मिति भने असोज १२ गतेलाई तय गरिएको छ। यसअघि फिल्मलाई साउनमै सार्वजनिक गर्ने योजना थियो । तर पोस्टरसँगै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मको दुई गीत ‘कान्छा दाई’ र ‘यस्तो साथी’ सार्वजनिक भइसकेका छन् ।

म्युजिकल लभ स्टोरी फिल्म ‘अनुराग’ मा एलिजा र समुन्द्रसँगै ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय छ । पटकथा तथा संवाद निर्देशक चौलागाईं र आगत केसीले तयार गरेका हुन् ।

‘अनुराग’ का प्रस्तुतकर्ता ऋषि धमला हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् । धमला पत्नीको फिल्म अनुराग घोषणासँगै विभिन्न कारणले चर्चामा छ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha