यी हुन् ‘बाबु कान्छा’ कि पहिलो प्रेम (भिडियो)

यहि शुक्रबार अर्थात् असार २९ गते प्रदर्शनमा आउने फिल्म ‘बाबु कान्छा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रियल प्रेम जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठ रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । भिडियो हेर्नुस् :

‘बाबु कान्छा’ को ’मेरो पहिलो प्रेम’ बोलको रोमान्टिक गीतमा शुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ । टंक बुढाथोकीको संगीत रहेको यस गीतका भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । लमजुङको घले गाउमा छायांकन गरिएको गीतमा हिमाल को रमरीय दृश्यहरु समाबेश गरिएको छ ।

‘बाबु कान्छा’ मा सलोन र करिश्मा सँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha