मोफसलमा यसरी हुँदैछ ‘चि मुसी चि’ को प्रोमोशन

फिल्म प्रचारको लागि देश दौडाहामा निस्किएको फिल्म ’चि मुसी चि’ टीमले पुर्वी नेपालको विर्तामोड र धरान शहरमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । फिल्म युनिट सहित गायिका समेत सहभागी कन्सर्टमा उल्लेख्य दर्शकको उपस्थिति रह्यो । फिल्म यही साउन ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

‘डान्स इन्डिया डान्स सिजन ४’ बाट वाहवाहि बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागि अलिशा शर्माको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । कन्सर्टमा नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो । ’चि मुसी चि’ का चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले नृत्य प्रस्तुत गरेका थिए । गायिका पाण्डेले फिल्मको शिर्ष गीत गाउँदा दर्शकले अत्याधिक मनोरञ्जन लिएका थिए ।

प्रमोशनल कन्सर्ट हेर्न आएका दर्शकले कलाकारको प्रस्तुतीबाट निकै मनोरञ्जन लिए । यता निर्देशक दिनेश श्रेष्ठ देशैभर प्रमोशनल कन्सर्ट गर्ने बताउँछन् । विर्तामोड र धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा,दमौली, काठमाण्डौ लगायतका शहरहरुमा कन्सर्ट गरिने निर्देशन श्रेष्ठको भनाई छ ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha