ब्यान्ड बाजा बजाएर ‘बोबी’ प्रिमियर (फोटो/भिडियो)

उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’को बुधबार भव्य प्रिमियर गरिएको छ । मिलन चाम्स निर्देशित फिल्मको प्रिमियरमा ब्यान्ड बाजा समेत बजाइएको थियो । ‘बोबी’ प्रिमियर पछिको प्रतिक्रिया हेर्नुस् :

पोखरा बस्ने ‘बोबी’ उर्फ कविता र ललितपुर लुभुका उमेशको प्रेम कथा हेरेर प्रिमियरमा धेरै भावुक भए । आफ्नो कथामा आफैले अभिनय गरेका उमेश फिल्म हेरेरपछि धरधरी रोएका थिए भने कविता फिल्म नै नहेरी हलबाट फर्किएकी थिइन् । नन-एक्टर उमेश र कविताले आफ्नो भूमिकालाई पर्दामा न्याय गरेका छन् ।

‘बोबी’को छायाँकन नेपाल र नर्वेमा गरिएको छ । ‘बोबी’ परिवार यतिबेला एउटा छोरा सहित नर्वेमा बस्दै आइरहेको छ । फिल्ममा ‘बोबी’को काकाको भूमिकामा पाइलट तथा कलाकार विजय लामा र काकीको भूमिकामा पहिलो मिस नेपाल रुवी राणाले अभिनय छिन। यीसँगै देशभक्त खनाल, रश्मी भट्ट, पूर्णिमा लामा लगायतको पनि फिल्ममा अभिनय छ ।

नवराजकृष्ण थापाको छायाँकन रहेको फिल्म ‘बोबी’ मा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत छ । स्क्रिप्ट निर्देशक चाम्स र सञ्चारकर्मी नरेश भट्टराई मिलेर लेखेका हुन् । प्रिमियरमा उमेश र कविताका परिवार सहित सञ्चारकर्मी अनि केही फिल्मकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha