‘कायरा’ गीत : समुन्द्री तटमा रोमान्टिक आर्यन-साम्राज्ञी

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को रोमान्टिक गीत रिलिज गरिएको छ । ‘तिमी सँगै हाँसु’ बोलको गीतमा आर्यन र साम्राज्ञी फिलिपिन्सको समुन्द्र तटमा निकै रोमान्टिक देखिएका छन् । यो सुन्दर भिडियो हेर्नुस् :

सार्वजनिक ‘कायरा’को गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत र केतन क्षेत्रीको स्वर छ । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । सुन्दर शब्द र आकर्षक दृश्य रहेको यो सांगीतिक लभ स्टोरी फिल्मको गीतले दर्शक तथा श्रोताको मन जित्ने आशा गर्न सकिन्छ ।

आर्यन सिग्देल ईन्टरटेनमेन्ट र आर प्रोडक्सनको प्रस्तुती रहेको फिल्म कायरा लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । साउन १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म आर्यन र साम्राज्ञीको केमेस्ट्रीका कारण प्रतिक्षामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha