१ नम्वर ट्रेन्डिङमा ‘नाईं नभन्नू ल ५’ को ट्रेलर

सुपरहिट सिरिज ‘नाईं नभन्नू ल ५’ को ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आएको छ । गत सोमबार सार्वजनिक गरिएको विकास आचार्य कृत फिल्मको ट्रेलर शुक्रबार ट्रेन्डिङ नम्वर एकमा आएको हो । ट्रेलरलाई हालसम्म ७ लाख बढीले हेरेका छन् । ट्रेलर हेर्नुस् :

लामो समयपछि नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आएको हो । प्रायः जसो भाइलर बाल गायक अशोक दर्जी र जारी विश्वकपका कन्टेन्ट ट्रेन्डिङको पहिलो स्थानमा पर्ने गर्दथे । नेपालको ट्रेन्डिङको पहिलो स्थानमा परेसँगै ‘नाईं नभन्नू ल ५’ प्रति दर्शकको चासो निकै रहेछ भन्ने अड्कल काट्न सकिन्छ । फिल्म भदौ ८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

विकास आचार्यको लेखन तथा निर्देशन रहेको ‘नाईं नभन्नू ल ५’ मा अनुभव रेग्मी, प्रियंका कार्की सेड्रिना शर्मा, स्वस्तिामा खड्का, अभिषेक नेपाल, केकी अधिकारी लगायत कलाकारहरुको अभिनय छ । आचार्यले सामिप्यराज तिमल्सेनासँग कथा लेखनमा सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha