‘कस्मिक लभ’ मा रिजन र पुजनको जोडी

असारको पहिलो दोश्रो सातादेखि फिल्म ’कस्मिक लभ’ छायाँकन सुरु गरिएको छ । फिल्मको यतिबेला रोमान्टिक गीत सुटिङ चल्दैछ । ’माया तिमीलाई’ बोलको गीतमा नव कलाकारद्वय रिजन थापा र पूजन थापाले रोमान्स गरिरहेका छन् ।

उक्त गीतमा बाबुल गिरी तथा मिलन अमात्यले स्वर दिएका छन् । संगीत पनि बाबुल गिरीकै रहेको छ । शब्द दिनेश सुबेदीको हो । मकवानपुरको कुलेखानीमा छायांकन भइरहेको रोमान्टिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गर्दैछन् ।

कस्मिक लभ मा अर्पण थापा, प्रशान्त ताम्राकार, रोबिन तामाङ तथा नायिका दिया मास्के र नव नायक तथा नायिकाको रुपमा रिजन थापा तथा पुजन थापा रहेका छन् । साथै राजाराम पौडेल, पुरन थापा, देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरुको समेत अभिनय छ ।

’कस्मिक लभ’ लाई बि.एस बलामी तथा शंकर अधिकारीले निर्देशन गरिरहेका छन् । मुभी मेकर्सको ब्यानरमा बन्दै गरेको फिल्ममा जय गौतमको लगानी रहेको छ भने कार्यकारी निर्माताका रुपमा डि.एन.दाहाल छन् । फिल्मलाई शेखर ज्ञवालीले लेखेका हुन् भने छायाँकन सुरेश बज्रचार्यले गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha