पूजा शर्मा एक हप्तामै दुब्लाइन् ! (फोटो फिचर)

निर्देशक शोभित बस्नेतको फिल्म ‘बाबु कान्छा’ हेर्न नायिका पूजा शर्मा ११ बजे बिग मुभिज पुगेकी थिइन् । निर्देशक बस्नेतका लागि विशेष शोमा पुगेकी पूजाले फिल्ममा सलोन बस्नेत र करिश्मा श्रेष्ठको जोडी स्विट लागेको बताइन् । भिडियो हेर्नुस् :

‘बाबु कान्छा’ हेर्न पुगेकी पूजा गएको एक साता अगाडी भन्दा केही सिल्म देखिइन् । मोटाइन् पूजा भन्नेहरु दुब्लाइछौं भन्दै थिए । कसरी त ? ‘कडा मिहेनत गरियो’, पूजाले भनिन् । आफु मोटाएको समाचार मिडियामा आएपछि पूजा सोहीदिन देखि खान्की बन्द गरेकी रहिछन् । ‘केही खाको छैन’, पूजाले स्लिम हुनुको राज खुलाइन्, ‘जिम पनि गैरहेको छु ।’

एक सातामा पूजा कति दुब्लाइन् त ? ‘३ केजी घटेछु, अझै पाँच केजी घट्नु छु’, पूजाले भनिन् । फिल्म ‘रामकहानी सुटिङ सकेपछि पूजा मोटाएकी थिइन् । तर उनी यतिबेला दुब्लाउनतर्फ लागेकी छिन् । पूजा अभिनित फिल्म रामकहानी भदौ २२ देखि प्रदर्शनमा आउँदैछ । सुदर्शन थापा निर्देशित फिल्ममा पूजाको अपोजिटमा नायक आकाश श्रेष्ठ प्रस्तुत छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha