चन्द्रागिरीमा ‘रोमियो एण्ड मुना’को प्रोमोशन

राजधानी नजिक रहेको पर्यटकिय स्थल चन्द्रागिरी हिल्स पुगेर ‘रोमियो एण्ड मुना’ टिमले फिल्मको प्रोमोशन गरेको छ । रोमियो उर्फ विनय श्रेष्ठ र मुना उर्फ सृष्टि श्रेष्ठले शनिबार चन्द्रागिरी पुगेर फिल्मको प्रोमोशन गरेका हुन् ।

विनय र सृष्टिको साथमा निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीलाई त्यहाँका मेयर घनश्याम गिरीले स्वागत गरे । मेयर गिरीले चन्द्रागिरी नेपाली फिल्मको प्रचार गर्ने गतिलो स्थल बन्न सक्ने बताए । उनले चाँडै नै चन्द्रागिरीमा फिल्म हल बनाइने समेत आश्वसन दिए ।

‘रोमियो एण्ड मुना’ टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । त्यहाँ पुगेर टिमले छोटो प्रेसमिट गर्यो। प्रेसमिटमा टिमले साउन ११ गते रोमियो एण्ड मुना हेर्न आग्रह गरे । विनय र सृष्टिले आफ्नो लागि ‘रोमियो एण्ड मुना’ विशेष रहेको बताए । त्यहाँ दर्शकहरुले दर्शकसँग फिल्मबारे अन्र्तक्रिया पनि गरे ।

‘डाइङ क्यान्डल’बाट प्रशंसा पाएका निर्देशक केसीले ‘रोमियो एण्ड मुना’ पनि मिहेनत गरेर बनाएको बताए । पहिलो पटक फिल्म बनाएका निर्माता गोपालीले फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ने आशा राखे ।

प्रदर्शन मिति नजिकिएसँगै टिमले फिल्मको प्रचारलाई तिव्रता दिने योजना बनाएको निर्माता गोपाली बताए । ‘हामी राजधानी बाहिर गएर पनि फिल्मको प्रोमोशन गर्छौं’, निर्माता गोपालीले भने । तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha