एक्सक्लुसिभ : प्रियंका र आयुष्मानको इन्गेजमेन्ट

प्रेम जोडी प्रियंका कार्की र आयुष्मानदेशराज जोशीले ईन्गेजमेन्ट गरेका छन् । प्रियंका र आयुषले असार ३० गते शनिबार टिकोटालो गरेका हुन् ।

कार्की र देशराज परिवारको उपस्थितिमा प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट समारोहमा प्रियंका र आयुष्मानका आमा र केही आफन्तहरु मात्रै उपस्थित थिए । उनीहरुले केही नजिकका फिल्मकर्मीलाई भने आफ्नो इन्गेजमेन्टको कुरा गरेका थिए । तर निम्ता भने कसैलाई पनि दिएका थिएनन् ।

सुटुक्क गरिएको इन्गेजमेन्टको फोटो तथा भिडियो भने पुर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । केही वर्षदेखि प्रेममा रहेका प्रियंकालाई शुभकामना । प्रियंका र आयुष्मानको बिहे चाहिं कहिले होला त ?

यी रमाइला भिडियोहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha