‘चि मुसी चि’ नायिकाले तताइन् गृहनगर (फोटो फिचर)

फिल्म प्रचारको लागि देश दौडाहामा निस्किएको ’चि मुसी चि’ टीमले पूर्वी नेपालका शहरहरुमा कन्सर्ट गरी शनिबार चितवन पुग्यो । चितवनको कन्सर्टमा मूख्य आकर्षण अलिशा शर्माको नृत्य रह्यो । गृहनगरमा अलिशाको नृत्य हेर्न हजारौं दर्शक उपस्थित भएका थिए । एलिशाको नृत्यले माहोल निकै तातेको थियो ।

फिल्ममा समावेश चार गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा र सुसान्त कार्कीको बेजोड नृत्य गरे । अन्य केहि गीतमा पनि सुनिल र अलिशाले तहल्का मच्चाएका थिए । ’डान्स इन्डिया डान्स सिजन ४’ बाट वाहवाहि बटुलेका सुनिल र एमटिभी स्प्लिटभिल्लामा सहभागि अलिशाको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो ।

फिल्म टीमले देशैभर प्रमोशनल कन्सर्ट गरिरहेको निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ सहित बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा फिल्मको कन्सर्ट आयोजना गर्ने टिमको योजना छ ।

‘चि मुसी चि’ साउन ११ गते देशैभर रिलीज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादक भूपेन्द्र अधिकारी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha