‘छक्का पञ्जा ३’ मा ११ जनाको छमछमी (फोटो फिचर)

बर्षातका बाबजुद फिल्म ‘छक्का पञ्जा ३’ को गीतको छायाँकन सकिएको छ । झण्डै एक दर्जन कलाकार नाचेको गीतको छायाँकन एक साता लगाएर शनिबार सकिएको निर्देशक दिपाश्री निरौलाले बताइन् ।

‘यसपाली पानीले दुःख दियो’, दीपाश्रीले भनिन्, ‘जसो तसो गरी सुटिङ सक्यौं । अब एडिटिङगको काम हुँदैछ ।’ दीपाका अनुसार पहिलो नम्वरमा बोलको गीत गोकर्ण र नर्लिन रिसोर्टमा खिचिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत बुछि तामांग, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइराला नाचेका छन् ।

दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने स्वर डेभिड शंकर र विन्दु परियारको छ । गीतमा पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठ दुवैले खिचेका छन् ।

‘छक्का पञ्जा ३’ दशैंमा र पहिलो नम्वरमा गीत यही साउनको दोश्रो सातामा सार्वजनिक हुँदैछ । ‘सुर्के थैली’ र ‘पुर्व पश्चिम रेल’ जस्ता सुपरहिट गीत दिएको समुहले ‘छक्का पञ्जा ३’ मा कस्तो गीत रोजेको होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha