‘बाँध माया’ले टिजर : आर्यनको मायामा बाँधिइन् सृष्टि

आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’को टिजर रिलिज गरिएको छ । डेढ मिनेट लामो टिजरमा आर्यन र सृष्टिको लोभलाग्दो प्रेम र दुई बिचको द्धन्द्धलाई महसुश गर्न सकिन्छ । सबिर श्रेष्ठ निर्देशित फिल्मको टिजर हेर्नुस् :

लभ स्टोरी फिल्म ‘बाँध मायाले’ असोज ५ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैछन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायाँकन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ ।

फिल्ममा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् । टिजर रिलिज भएसँगै फिल्मको प्रचार प्रसार सुरु भएको निर्देशक श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha