‘साली कस्को भेनाको’मा मरिस्काको माया कसलाई ?

फिल्म ‘साली कस्को भेना’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सोमबार प्रेसमिट गर्दै ‘माया तिमीलाई’ बोलको गीत रिलिज गरिएको हो । भिडियो हेर्नुस् :

नायिका मरिस्का पोखरेल र पुष्प आचार्य फिचरिङ गीतको भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् । सुरजसिंह ठकुरीको शब्द तथा संगीत रहेको गीतमा स्वर भने संगीतकार ठकुरी र आकांक्षा बस्यालको छ । प्रेसमिटमा फिल्ममा समावेश लोक लयको गीतको भिडियो पनि देखाइएको थियो ।

यसअघि ‘कान्छी’, ‘सन्तान’ र ‘कर्जा’ फिल्म बनाएका निर्माता राम प्रसाद श्रेष्ठले लामो समयपछि ‘साली कस्को भेना’को फिल्म बनाएका हुन् । जसमा विल्सन विक्रम राई, रजनी गुरुङ, मरिस्का पोखरेल, सुस्मा कार्की, रवि गिरी, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य र देव श्रेष्ठको अभिनय छ ।

भद्र भुजेल निर्देशित फिल्म ‘साली कस्को भेना’को मञ्चन भैसकेको नाटकमा आधारित रहेको प्रेसमिटमा खुलाइयो । प्रेसमिटमा कलाकारहरुले फिल्म राम्रो बनेको बताउँदै फिल्म हेर्न दर्शकलाई आग्रह गरे । फिल्म भने भदौ २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha