बर्षा भन्छिन्, ‘भैरे प्याकेजको फिल्म बनेको छ’

झण्डै एक वर्षको अन्तरालपछि नायिका बर्षा सिवाकोटी दर्शकमाझ आउँदैछिन् । कारखाना पछि बर्षा अभिनीत पछिल्लो फिल्म ‘भैरे’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । दयाहाङ राई स्टारर फिल्ममा बर्षाको पनि महत्वपूर्ण भूमिका छ । बर्षाको जोडी भने कलाकार बुद्धि तामाङ्गसँग बाँधिएको छ ।

यतिबेला ‘पुरानो बुलेट’ फिल्मको छायाँकनमा व्यस्त बर्षा ‘भैरे’लाई आफूले गरेका अन्य फिल्म भन्दा फरक रहेको दाबी गर्छिन् । उनी भन्छिन्, ’नेपालीपन बोकेको फिल्म हो । दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुहुनेछ । र, मेरो भूमिकामा पनि केही फरक पाउनुहुन्छ ।’ फिल्मको यो गीत हेर्नुस् :

उनी ‘भैरे’ लाई अर्गानिक फिल्म भन्न रुचाउँछिन् । ’एउटा प्याकेजको फिल्म बनेको छ । फिल्ममा रोमान्स, प्रेम, द्वन्द्व, इमोसन्स सबै छ । अझ फिल्ममा नेपालीपनलाई बढी ध्यान दिइएको छ’, बर्षाको भनाई छ । ‘भैरे’ ले आफूलाई भर्सटायल कलाकार बनाउन समेत सहयोग र्पुयाउने उनको विश्वस छ ।

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म भैरे का निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । फिल्ममा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha