‘मालिका’मा रेखा थापाको ‘हल्का माया’ (भिडियो गीत)

रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘मालिका’को पहिलो गीत सार्वजनिक गरिएको छ । सुरेश अधिकारीको संगीत र नर बहादुर कार्कीको शब्द रहेको ‘हल्का माया’ बोलको गीतमा धनगडीमा रेल आउने कुरादेखि कर्णालीको फूलको बयान गरिएको छ । भिडियो हेर्नुस् :

पश्चिमी भाका रहेको गीतमा अञ्जु पन्तको सोलो स्वर छ । रामजी लामिछानेको कोरिायोग्राफी रहेको गीतमा रेखा थापा र एक सय बढी कोरसले नृत्य गरेका छन् । गीतको सम्पूर्ण छायाँकन जाजरकोट दरबार परिसरमा गरिएको छ भने पोशाक पनि त्यहाकै प्रयोग गरिएको छ । छायाँकन रामशरण उप्रेतीले गरेका हुन् । मंगलबार गरिएको प्रेसमिटमा मालिका को गीतको प्रशंसा भयो ।

लक्ष्मीपूजामा रिलिज गरिने फिल्म ‘मालिका’मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ । शिवम अधिकारीको लेखन पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् । निर्मातको रुपमा सरस्वती थापा छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha